काठमाडौं । विश्वका बढी वायु प्रदूषित सहरमध्ये नेपालको राजधानी काठमाडौं १० औं स्थानमा परेको छ । हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्ससहित काठमाडौं १० र्औ स्थानमा परेको हो ।
यो सूचीको पहिलो स्थानमा भारतको नयाँ दिल्ली परेको छ ।दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ ।
दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ । बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ मापन गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच