काठमाडौं । धुम्रपान स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने सबैलाई थाहा छ तर यी सबै थाहा पाएर पनि यसको लत त्याग्नु निकै गाह्रो काम हो । यदि तपाई पनि चुरोट पिउनुहुन्छ भने खल्तीमा राखेको बक्सबाट चुरोट निकाल्दा त्यसमा रहेको फोटो हेर्नुभएको होला, ‘म छाडिदिन्छु’ भन्ने मनमा सोच्नुभएको हुनसक्छ । तर लत त्याग्न गाह्रो हुन्छ ।
क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् ।
आउनुहोस् हामी तपाईलाई धुम्रपान छोड्ने केहि घरेलु सरल उपायहरु बारे बताउछाैं ।
धुम्रपान छोड्ने सजिलो उपाय
- आफ्नो शरीरलाई निर्जलित हुन नदिनुहोस्, प्रशस्त पानी पिउनुहोस्। वास्तवमा, पानी शरीरबाट विषाक्त पदार्थ हटाउन धेरै लाभदायक छ। खाना खानुभन्दा १५ मिनेटअघि एक गिलास पानी पिउनुहोस्, यसले मेटाबोलिक रेटलाई नियन्त्रणमा राख्छ। जसका कारण बिस्तारै धुम्रपान गर्ने बानी पनि लाग्न थाल्छ ।
- एक गिलास मनतातो पानीमा एक चम्चा मह मिसाएर दिनहुँ पिउनुहोस् । यसले चुरोटको लत छोड्न मद्दत गर्छ।
- यदि तपाई पनि चुरोटको नराम्ररी लतमा हुनुहुन्छ वा चेन स्मोकर हुनुहुन्छ भने, पिसेको मूल खानुहोस् । यसबाट पक्कै लाभ उठाउनुहुनेछ। महसँग पनि खान सकिन्छ ।
- बाटोमा हिड्दा धुम्रपान गर्न मन लागेमा लिकोरिस स्टिक साथमा राख्नुहोस् र मन लागेमा चपाउन थाल्नुहोस्। यसो गर्नाले धुम्रपान गर्ने इच्छा कम हुन्छ ।
- जब तपाईलाई धुम्रपान गर्न मन लाग्छ, एक गिलास पानीमा रातो खुर्सानीको धुलो मिसाएर पिउनुहोस्। यसबाट तत्काल राहत पाउनुहुनेछ।
- धूम्रपान त्याग्न सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलाको जुस पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा भएको भिटामिन सिले चुरोटका कारण पुगेको क्षतिलाई पनि न्यूनीकरण गर्छ ।
- नुनिलो खानेकुरा खाँदा पनि चुरोट पिउन मन लाग्दैन । चुरोट तान्न मन लागेको बेलामा नुनिलो खानेकुरा खानु लाभदायक हुन्छ ।
- गोलभेँडाको सुगन्धले चुरोटको गन्धलाई घटाउँछ । यसको जुस पिउँदा चुरोट पिउँदा जत्तिकै मजा आउँछ साथै हानि पनि हुँदैन ।
- चुरोट तान्दा पाउने सन्तुष्टि काजु बदाम चपाउँदा पनि मिल्दछ ।
- धूम्रपान गर्नेले एक्कासि चुरोट खान छाड्दा रगतमा चिनीको मात्रा घट्छ जसका कारण टाउको दुख्छ, चक्कर आउँछ । यस्तो बेलामा जौ खाँदा निकोटिन तिर फर्किन मन लाग्दैन ।
- दूधले स्वास्थ्यलाई लाभ त पुराउँछ नै यस अलावा नियमित एक गिलास दूध पिउँदा धूम्रपान गर्न मन लाग्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच