बम्जनविरुद्ध जाहेरी दिने किशोरीको बुवाको दुर्घटनामा मृत्यु, षड्यन्त्रको आशंका

हिमालय टाइम्स
Read Time = 1 min

काठमडौं । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा ज्यान गएको छ ।

सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा उनकाे मृत्यु भएको हो।

रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ।

यसैबीच आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?