एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी छोरीले चलचित्र क्षेत्रमा पाइला राख्नुभएको छ । ओबामाकी जेठी छोरी मालिया ओबामाले लघु चलचित्र ‘द हर्ट’मार्फत निर्देशनमा डेब्यु गर्नुभएको हो । मालिया निर्देशित लघु चलचित्र ‘द हर्ट’ सनडान्स फिल्म फेष्टिभल २०२४’ मा प्रिमियर हुँदैछ । केही दिनअघि उटामाको पार्क सिटी भएको फेष्टिभलको रेड कार्पेटमा मालिया पनि देखा पर्नुभएको थियो । यो चलचित्रको लेखक पनि उहाँ नै हो ।
रेड कार्पेटमा पुग्नुभएकी मालियाले चलचित्रमा अनौठो कथा समेटेको बताउनुभयो । ‘यो एउटा अनौठो सानो कथा हो, केही हदसम्म एउटा दन्त्यकथा हो, एक जना मानिसले आफ्नी आमाको मृत्युमा शोक व्यक्त गरेपछि उसले उनको इच्छामा असामान्य अनुरोध छोडेको छ,’ उहाँले भन्नुभयो ।
मालियाको ‘द हार्ट’ यस वर्ष सन्डान्सको लघु चलचित्र विधामा मनोनयनमा परेको थियो । सन् २०१८ मा ओबामाका आमा–बुबाले आफ्नो कम्पनी हायर ग्राउन्ड प्रोडक्सन र नेटफ्लिक्सबीच एक सम्झौता भएको थियो ।
यो सहकार्यबाट गत महिना रिलिज थ्रिलर ‘लिभ द वल्र्ड बिहाइन्ड’ बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच