अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चार वर्षमा पनि सम्पन्न भएन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला ।जुम्लाको पातारासी गाउँपालिकाको -१ मा निर्माणाधीन जिल्लाकै ठुलो परियोजनाको रुपमा हेरिरहेको चुकेनी विद्युत आयोजनाको काम अझै संचालनमा समय लाग्ने भएको छ। ९ सय ९८ किलोवाट क्षामताको चुकेनी जलविद्युत आयोजनाले कामको गति लिने सकेको छैन ।

जिल्लाको विद्युत अभावलाई अन्त्य गर्ने अपेक्षामा नागरिकमा थियो । विद्युत उत्पादन भएपछि गाउँघर झिमिमिलिदेखि । बत्ति अभावले रोकिएका सबै काम सुचारु हुने र विद्युतमा जिल्ला आत्मनिर्भर हुने अपेक्षा गरिएको थियो । १८ महिनामै सकिनु पर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन् । चुकेनी जलविद्युत आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो ।

सम्झौताको मितिबाट १८ महिनामै सकिनु पर्ने हो । तर म्याद थप गर्दै निर्माण गरेपनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासीका गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । आयोजनाको अझै १० प्रतिशत काम बाँकि रहेको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीले चुकेनी जलविद्युत आयोजनाको प्रगती हुन सकेको छैन् । सम्झौता मिति सकिएर म्याद थप्दा पनि चुकेनी जलविद्युत आयोजनाको निर्माण कार्य ढिलो भएको गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ ।

निर्माण कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम हुन बाँकि रहेको छ। अबको काम इन्डियाबाट आउने प्राविधिकबाट हुने भएको छ । अब आउने बैशाखसम्म बत्ती बल्ने गरि काम गरिने निर्माण कम्पनीले जनाएको छ। चुकेनी जलविद्युत आयोजनाको कुल लागत कुल ४३ करोड रहेको छ । जसमा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ । भने, १३ करोड पालिका र स्थानीय जनताको लगानी छ ।

जनताले चुकेनीखोला सहकारी संस्थामार्फत् आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको शेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन् । तर बत्ती बाल्न अझै पाएका छैनन् ।विद्युत आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको घर जग्गाको लालपुर्जा बैंकमा धरौटी राखिएको पातरासी गाउँपालिका(१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिनुभयो ।

आयोजनाको काम २ प्रतिशतमात्रै बाँकि भनेको महिनौ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा नेतृत्वको टोलीले चुकेनी जलविद्युत आयोजनाको अनुगमन समेत गरेको छ ।बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकि रहनु ठेकेदारको चरम लापरबाहि रहेको गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताउनुभयो ।

चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको हो । ठेकेदार कम्पन्नीकै कारण निर्माण ढिला भएको गुनासो आईरहेको छ।

अब चाडै बत्ती बाल्ने गरि काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।आयोजनाबाट तीन हजार ४५३ घर परिवार लाभान्वित हुने भएका छन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?