एजेन्सी । ओपेनहाइमर र बार्बी फिल्मले ओस्कार मनोनयनमा सबैभन्दा बढी नामांकन पाएका छन् । ओपेनहाइमरले सबैभन्दा बढी १३ मनोनयन प्राप्त गरेको छ भने ग्रेटा गेर्विगको चलिचित्र बार्बीले आठ मनोनयन प्राप्त गरेको छ ।
योसँगै पुअर थिङ्सले ११ मनोनयन, मार्टिन स्कोरसेजको फिल्म किलर्स अफ द फ्लावर मुनले १० र मास्टर्सले सात मनोनयन प्राप्त गरेको छ ।
बार्बी २०२३ को सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक हो र महिला निर्देशकद्वारा विश्वको सबैभन्दा धेरै कमाउने चलचित्र हो । यसले विश्वव्यापी रूपमा १.४४ बिलियन डलर कमाएको छ ।
ओपेनहाइमर र बार्बी दुवै उत्कृष्ट चित्र मनोनीतहरूको सूचीमा समावेश छन् । क्रिस्टोफर नोलन र मार्टिन स्कोरसेज पनि उत्कृष्ट निर्देशकको सूचीमा परेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच