काठमाडौं । उपन्यास ‘अद्वैत’ पाठकमाझ आएको छ । प्राध्यापक कृष्ण गौतमको दर्शनलाई आख्यानको स्वरूपमा ढालिएको रोचक शैलीमा लेखिएको उपन्यास ‘अद्वैत’ पाठकमाझ आएको हो ।
‘एउटै तत्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गथ्र्यो । प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिँदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने । मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनिषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो’, गौतम भन्नुहुन्छ ।
नेपाली साहित्यमा समालोचकका रूपमा प्रसिद्ध गौतमका थुप्रै समालोचना कृतिका साथै ‘स्वर्णबिम्ब’, ‘नाच’ र ‘रानीवन’ आख्यान प्रकाशित छन् । शिखा बुक्सले बजारमा ल्याएको उपन्यास ‘अद्वैत’को मूल्य ६७५ रुपैयाँ राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच