काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछ । आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुदै छ ।
त्यस्तै अर्को खेल टियु मैदानमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच हुने छ, भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशले ५ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर दोस्रो तथा त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै चौथो र मधेश प्रदेशले आफ्ना ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेका छन् ।त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ४ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच