सुष्माको ‘हट’ अवतार

हिमालय टाइम्स
Read Time = 2 mins

सुष्मा अधिकारी अभिनयका क्षेत्रमा परिचित नाम हो । पछिल्लो समय उनको व्यस्तता बढेको छ । सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने बोल्ड तस्बिरलाई लिएर भारतको चर्चित दैनिक पत्रिका टाइम्स अफ इण्डियाले स्टोरी लेखेपछि उनको चर्चा चुलिएको छ ।

पहिलो पटक ‘फुलबारीको बाटो हिँड्छौ’ बोलको म्युजिक भिडियोमा उनले अभिनय गरिन् । सुष्मा ‘अनौठो प्रेम कथा’ र ‘पीपल’ फिल्मकी अभिनेत्री पनि हुन् । म्युजिक भिडियोमा हिट भएपछि उनलाई फिल्ममा पनि केही गर्नुपर्छ भन्ने लाग्यो । फिल्ममा ट्राई पनि गरिन् । थुप्रै निर्माता र निर्देशकलाई भेटेको उनी बताउँछिन् । उनले थुप्रै विज्ञापनमा पनि अभिनय गरेकी छिन् । स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त हुन्छिन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?