-प्रकाश मैनाली
सर्लाही । सर्लाहीको बागमती स्थित मानव निर्मित तालमा नाबालिक छोरीसहित हामफालेर एक महिलाले आत्महत्या गरेकी छिन् ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ निवासी भोला साहकी श्रीमती २६ वर्षीया रेखा साहले आफ्नी छोरी ३ वर्षीया छोरी आराध्यसहित वागमती नगरपालिकाद्वारा निर्मित माछापोखरीमा हामफालेकी हुन् । आईतबार बिहान साँढे ९ बजे हामफालेकी रेखा तथा उनकी छोरीको शव पौने ११ बजे निकालिएको छ ।
उक्त पोखरीमै मोटरबोट चलाउने चालकहरुको सहयोगमा आमाछोरीको शव निकालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पोखरीको डिलबाट मृतक महिलाको मोबाईल सेट र सलसमेत फेला पारेको छ । पारिवारिक झैझगडा पश्चात उनी घरबाट निस्केको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
उक्त तालमा यसअघि पनि एक युवकको डुबेर मृत्यु भएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :