राष्ट्रियसभा निर्वाचन : दाङकाे घोराहीमा मतगणना सुरु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । दाङकाे घोराही मतगणना सुरु भएकाे हाे ।

राष्ट्रिय सभा सदस्यको लागि आज भएको निर्वाचनमा लुम्बिनी प्रदेशमा कुल ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको छ ।

प्रदेशसभा सदस्यतर्फका सबै ८७ मत खस्यो । स्थानीय तहका २१८ मध्ये २१६ जनाले मात्र मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

राष्ट्रियसभा सदस्य मध्ये १९ पदका लागि आज निर्वाचन भएको थियो ।

जसमध्ये कोशीमा दुई, मधेसमा दुई, वाग्मतीमा चार पदका लागि निर्वाचन भएको हो ।

यस्तै गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका निम्ति चुनाव भएको आयोगले जनाएको छ ।

आउँदो फागुन २० गतेदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये एक पदमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ । १९ जना निर्वाचनबाट चुनिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?