अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

Read Time = 2 mins

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने हुनु भएको छ । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

नेपालमा रहँदा लुले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै लुको भ्रमण हुन लागेको हो । अकस्मात हुन लागेको लुको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गर्नुभएको थियो ।

 

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि लु नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागि नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?