भलिबल संघको वार्षिक कार्यक्रम घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भदौमा निर्वाचित भएको नेपाल भलिबल संघको नयाँ कार्यसमितिले दुई वर्ष (विसं २०७९ र ०८०) को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघले बुधबार दुई वर्षको क्यालेण्डर घोषणा गरेको हो ।

क्यालेण्डरअनुसार प्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) भलिबल आगामी फागुनमा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ । नेपाल भलिबल संघले महिला र पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग भलिबल आयोजना गर्न नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिसँग १० वर्षको सम्झौता गरेको थियो । सम्झौता सन् २०३० सम्म रहेको छ ।

वार्षिक कार्यक्रममा नेपालले अर्को महिना बंगलादेशको ढाकामा आयोजना हुने काभा यू-२३ टोली र बंगलादेशकै कक्स बजारमा हुने सिनियरतर्फ महिला र पुरुष टोलीको सहभागितालाई समेटेको छ । काभा यू-२३ का लागि र बिच भलिबलका लागि खेलाडी छनोट भइरहेको छ ।

पुस २४ देखि माघ २ सम्म सातौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप हुनेछ । २०८० वैशाखमा काभा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग, २०८० जेठ ८-१८ मा सातौँ एनभिए महिला तथा पुरुष क्लब लिग, २०७९-८० मा यू-१५ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितालाई वार्षिक कार्यक्रममा समेटेको छ ।

२०८० मा थ्री नेसन्स सिरिज, आठौँ एनभिए क्लब च्याम्पियनसिप, १९औँ एसियन गेम्स, ३४औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता, छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल, महिला र पुरुषको समान एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ । २०८० मै आठौँ एनभिए क्लब लिग, एनएसएल भलिबल र राष्ट्रिय रेफ्री कोर्स सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?