काठमाडौं । एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले सिद्धार्थ मोडेललाई २५-१५ ले पराजित गर्यो । लालीगुराँसको जितमा सरगम गुरुङले आठ अंक योगदान गर्नुभयो । रूपेश पौडेलको सात अंक सहयोगमा एन्जल्स हार्टले पद्मचक्रलाई २३-१४ ले हरायो । तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा हिमरश्मी र ल्याण्डमार्क उपाधिका लागि भिड्ने भएका छन् ।
हिमरश्मीले न्यु एरालाई २०-१५ ले पाखा लगायो । हिमरश्मीकी सिर्जना तामाङले आठ स्कोर गर्नुभयो । ल्याण्डमार्कले लालीगुराँसलाई २३-१८ ले पन्छायो । लालीगुराँसकी मिका केसीले १२ अंक जोडनुभयो ।
यस्तै, पृथ्वीनारायण मावि ब्वाइज भलिबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा पृथ्वीले ल्याण्डमार्कलाई २५-१३ र २५-७ को सोझो सेटमा पराजित गर्यो ।
त्यस्तै हिमरश्मीले मानसिंह धर्म माविलाई २५-२२ र २५-१९ तथा नेपाल राष्ट्रिय माविले ग्राम सेवा माविलाई २५-११ र २५-१७ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । गल्र्समा एन्जल्स हार्ट, लालीगुराँस, पृथ्वीनारायण र मानसिंहले आ-आफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरे ।
हिमरश्मीका सनम शेर्पा र लालीगुराँसकी अस्मिता भुजेलले एथलेटिक्सतर्फ तीन हजार मिटर दौडमा स्वर्ण जित्नुभयो । दुवैले मंगलबार एक हजार ५०० मिटर दौडमा पनि स्वर्ण जित्नुभएको थियो । ब्वाइजमा सनमले निर्धारित दूरी नौ मिनेट ३८.१ सेकेण्डमा पूरा गर्नुभयो । मनमैजु माविका तनिश थापा दोस्रो तथा न्यु एराका पेम्बा तमाङ तेस्रो हुनुभयो ।
गल्र्समा अस्मिताले दूरी तय गर्न ११ मिनेट ५८.४० सेकेण्ड समय खर्चिनुभयो । ल्याण्डमार्ककी सगुनी देवकोटाले रजत तथा हिमरश्मीकी सिर्जना तामाङले कांस्य जित्नुभयो । गल्र्स २०० मिटर दौडमा कौशलकी सुजाश्री विष्टले स्वर्ण, हिमरश्मीकी ममता बरालले रजत र ग्रामसेवाकी लिलि तामाङले कांस्य हात पार्नुभयो । प्रतियोगिताअन्तर्गत बिहीबारदेखि कराँते र तेक्वान्दोको प्रतिस्पर्धा सुरु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच