नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्‌मा बोल्छु : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्ने बताउनु भएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टी केन्द्रीय कमिटीको पाँचौं केन्द्रिय बैठकको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

१ लाख भुटानी शरणार्थीलाई अमेरिका पठाइँदा ३०० जना नक्कली शरणार्थीलाई घुसाइएको बताउँदै उहाँले ३०० जना नक्कली शरणार्थी घुसाइएको जानकारी आफूले पाएको र त्यसबारेमा संसद्‌मा बोल्ने बताउनु भएको छ ।

संयुक्त राष्ट्रसंघको संलग्नतामा अमेरिका पठाइएका भुटानी शरणार्थी सबै सक्कली नभएको उहाँको भनाई थियो। त्यस विषयमा अब जेठ ४ गतेको संसद्‌ बैठकमा आफूले तथ्य र प्रमाणसहित बोल्ने अध्यक्ष ओलीले बताउनु भयो ।

भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताउनु भयो । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उहाँको भनाइ छ ।

साथै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?