टिसिएलको अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै सेलिब्रेट ग्रेटनेस नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादन खरिदमा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सीमित अवधि रहने यस योजनामा ग्राहकहरूले टिसिएलका कुनै पनि टिभी खरिदमा ४४ हजार सात सय रुपैयाँसम्मको आकर्षक छुट पाउन सक्नेछन् । त्यस्तै, वासिङ मेसिन खरिदमा १४ हजार चार सयसम्मको छुटका साथै छ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन् ।

साथै टिसिएलका सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनर खरिदमा ५६ हजार आठ सयसम्मको आकर्षक क्यासब्याक, चार हजार बराबरको निःशुल्क एसी जडान सुविधा टिसिएलको साइड बाई साइड रेफ्रिजिरेटर खरिदमा ३१ हजार आठ सयसम्मको आकर्षक क्यासब्याक र सिजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सामान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गर्नेछ भने एक्सचेन्ज अफरका साथै सिजी लोयल्टी क्लबको रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । टिसिएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?