बेइजिङ । चीनमा पाण्डाको संख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ । सन् १९८० को दशकमा एक हजार १०० पाण्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ । जाइन्ट पाण्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भन्नुभयो, ‘पाण्डाको यो उल्लेखनीय वृद्धिको मुख्यकारण चीनको तीव्र सुरक्षा प्रयास हो ।’
पाण्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पाण्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । ‘निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जंगली विशाल पाण्डालाई महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ’, झाङले भन्नुभयो ।
सन् २०१२ देखि अहिलेसम्म विशाल पाण्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जंगली पाण्डाको जनसंख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारी रूपमा कायम राखेको प्रशासनको तथ्यांकले देखाएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच