काठमाडौं । नबिल बैंकले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाका परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना ल्याएको छ । देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाले पर्याप्त पुँजी अभावमा सीप उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको लगायतका समस्या देखिएका सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो ।
कर्जा योजनाअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम् १० करोडसम्म कर्जा उपलब्ध हुनेछ । यस्तो कर्जा न्यून ब्याजमा अधिकतम् १० वर्षसम्मका लागि उपलब्ध हुने बैंकले जनाएको छ ।
कर्जा योजनाअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम् १० करोडसम्म कर्जा उपलब्ध हुनेछ । यस्तो कर्जा न्यून ब्याजमा अधिकतम् १० वर्षसम्मका लागि आधारदरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकको एसएमई, एमएफ तथा सस्टेनेबल बैंकिङ प्रमुख अमित श्रेष्ठले नयाँ योजनाको विषयमा प्रस्तुति दिँदै आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह भइसक्ने जानकारी गराउनुभयो । नयाँ योजनाले रेमिट्यान्स सही ठाउँमा उपयोग गर्नसमेत प्रोत्साहन पुग्ने विश्वास बैंकले लिएको छ ।
बिहीबार एक कार्यक्रमबीच श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उक्त कर्जा योजना शुभारम्भ गर्दै बैंकको नयाँ कर्जा योजनाले विदेशिएको दक्ष र बौद्धिक जनशक्ति स्वदेश फर्काउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले विदेशिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पुर्याउने मेरो विश्वास छ ।’
श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मिडियामा विदेशिएका नेपालीको मात्र समाचार बन्ने र फर्केका नेपालीको डाटामा कुरा नहुने भन्दै नबिलले फर्केका नेपालीहरूको सीपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको कार्यक्रम अहिलेको आवश्यकता भएको बताउनुभयो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कर्जा योजना बैंकले व्यावसायिकरूपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रूपमा लिएका छौँ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्ता योजनामार्फत् बैंकले दिगो यात्रामा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नबिलले उद्यमशीलता विकासका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनोरसिप कार्यक्रममार्फत् उद्यम विकासमा आवश्यक ज्ञान प्रदान गरिरहेको छ भने नबिल बैंकको यस्तो कर्जा योजनाले देशकै उत्पादकत्व बढाउन मद्दत पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ ।’ सो अवसरमा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक गुरु पौडेललगायतको पनि उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच