भाइरल ज्वरोले ३ जनाको मृत्युपछि स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण पत्र

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । मुगुस्थित सोरु गाउँपालिकामा फैलिएको भाइरल ज्वरोका कारण तीनजनाको मृत्यु भएको घटनाबारे नेविसंघले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको छ।

सोरु गाउँपालिकामा फैलिएको भाइरल जरोका कारण तीजनाको मृत्यु भएको घटनाबारे जानकारी गराउँदै पालिकाका अन्य गाउँमा पनि यसले विकराल समस्या ल्याएकाले तत्काल विशेषज्ञ डाक्टर सहित टोली पठाउन माग गर्दै नेविसंघ केन्द्रीय समिति टोलिले शुक्रवार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षणपत्र बुझाएका हो ।

नेविसंघ केन्द्रीय सदस्य धर्मराज शाही अनुसार मुगुमा सामान्य उपचार नपाएर ज्यान गुमाउनु परेको घटनाप्रति स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको र उहाँले २४ घन्टाभित्र प्रभावित क्षेत्रमा औषधि सहितको चिकित्सक टोली पठाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

‘संविधानले मौलिक हकका रूपमा स्थापित गरेको अधिकार निःशुल्क स्वास्थ्य सेवनको सुविधा पाउनु त परको कुरा, दुर्गम गाउँमा सामान्य सिटामोलको अभावले अकालमै ज्यान गुमानुपरेको छ, योभन्दा दुःखद के हुन्छ ? राज्यको गम्भीर लापरबाहीका कारण सामान्य नागरिकको मृत्यु हुन नपरोस् तत्काल सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न मन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौँ विधार्थी नेता शाहीले भन्नुभयो ।
ध्यानाकर्षणपत्र बुझाउन नेविसंघका केन्द्रीय सदस्य प्रमिका रानामगर, ई. भुवन भट्ट, धर्मराज शाही, जगतजंग विष्ट, कृष्ण सुवेदी, शोभा बस्ताकोटी, दिनेश शर्मा, एन्जोर कार्कीलगायत नेता सुरेन्द्र भण्डारी, खुम्ब देउवा पुग्नुभएको थियो ।

सिजनल ज्वरोका कारण एक साता यता सोरुगाँउपालिका वडा नम्बर ६ पुरुमुरु गाँउका बर्ष ७२ का हरि बहादुर शाही, बर्ष ७५ की कृती छत्याल र बर्ष २४ की कुशुम ढोलीको मृत्यु भएको थियो ।

घटना लगतै जिल्ला स्वास्थ्य कार्यालय मुगुबाट चिकित्सक कमल ढुंगानाको नेतृत्वमा सवास्थ्यकर्मीको टोलीसोरु गाउँपालिकामा खटिइ गाउँ गाउँमा विरामीहरुको उपचार र चेकअप गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?