बोल्न र सुन्न नसक्ने कौशिका र दालक्पा नृत्य तर्फ उत्कृष्ट बन्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । इच्छा शक्ति भएमा अपाङता भएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई बहिरा बालबालिका भएका छन । उनीहरु जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । प्राकृतिकरुपमा सुनाई सम्वन्धी अपाङता भए पनि उनीहरुको जोश जाँगर अरुको भन्दा कम छैन ।

सदरमुकाममा संचालनमा रहेको भोजपुर बहिरा आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत ९ बर्षिया कौशिका ल्वागुन र ११ बर्षका दालाक्पा शेर्पा आफनो प्रतिभा पहिचानका लागि अहिले पूर्वाञ्चल गट टयालेन्ट प्रतियोगिता र भोजपुर गट टयालेन्ट गायन तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धामा छन । अरुले भनेको र बोलेको सुन्न नसक्ने उनीहरु बिद्यालयमा कार्यरत बिशेष शिक्षक सन्त कुमार तुम्वापोको हौसलाले प्रतिस्पर्धामा उत्रिएका हुन् ।

”सुनाई सम्वन्धी अपाङ्गता भएका कौशिका र दालाक्पाको कला देखेर हामी सवै हर्षित छौ, उनीहरुको संघर्ष र लगनशीलताले नयाँ पाठ सिकाएको छ ।” शिक्षक तुम्बापोले भन्नुभयो । समाजमा लुकेका अन्य व्यक्तिहरुलाई पनि यी दुई बालबालिकाको प्रतिभाले हौसला दिलाएको छ । मेरो पनि  सुन्नमा समस्या छ, गीतहरु पटक पटक अभ्यास गर्छु अनि मात्र गीत कण्ठष्त हुन्छ, कार्यक्रममा बजेको गीतको शब्दहरु त्यति बुझदिन तर सांकेतिक नम्बर र सांकेतिक सुत्रले स्टेपहरु मिलाउने गर्छु, शिक्षक तुम्बापोले भन्नुभयो ।

भोजपुरको षडानन्द नगरपालिका घर भएकी कौशिका भोजपुर गट टयालेन्ट प्रतियोगिता अन्तर्गत भएको प्रि फाइनल चरणबाट फाइनलमा प्रवेश गरी सकेकी छन भने दालाक्पा पनि पूर्वाञ्चल गट ट्यालेन्टका लागि फाइनल प्रवेश गरेका छन् ।

शिक्षकले गराएको अभ्याश र इसाराले यहाँसम्म आई पुग्नु बालबालिकाहरुको प्रतिभा हो, भोजपुर डान्स क्रुका संचालक सुशन घिमिरेले भन्नुभयो, प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुको भन्दा दुई बालबालिकाको कला उत्कृष्ठ देखिएको थियो । जन्मजात नै बोल्न र सुन्न नसक्ने उनीहरु विद्यालयमा पनि पढाईका अलावा अन्य क्रियाकलापमा पनि सक्रिय रहेको विद्यालयले जनाएको छ ।

जो बोल्न र सुन्न सक्दैनन उनीहरुलाई नाच सिकाएर प्रतिभाशाली बनाउने शिक्षक सन्त कुमार पनि जिल्लामा नमुना बन्नु भएको छ । कार्यक्रममा गीत बज्न थाले पछि उहाँको इशारामा कौशिका र दालाक्पाले आफ्नो प्रतिभा देखाउने गरेका छन् ।

विद्यालयमा अध्ययरत दुई बालबालिकाले पछिल्लो समयमा देखाएको प्रतिभालाई बिद्यालयमा अध्ययरत बिद्यार्थी र कार्यरत शिक्षकहरुमा पनि हौसला बढाएको बिद्यालयका प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो । “अहिले हाम्रो विद्यालयमा अध्ययरत कौशिका र दालाक्पाको सबै तिर चर्चा छ, उनीहरुलाई हौसला दिनका लागि आगामी दिनमा पनि सबैको सहयोग आवश्यक छ ।” बिद्यालयका प्रअ तामाङले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?