पञ्जाव किंग्सलाई हराउँदै हैदरावाद विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले यस सिजिनको पहिलो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पञ्जाव किंग्सलाई हराउँदै हैदारावाद विजयी भएको हो । हैदारावादका मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि पञ्जाव ८ विकेटले सहजै पराजित भयो ।

लागातार दुई हारपछि जितको खाता खोल्दै हैदरवादले २ अंक जोडेको छ र आठौं स्थानमा छ । पञ्जावको तीन खेलबाट ४ अंक छ र रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ ।

पञ्जावको हारपछि जारी १६औ संस्करणको आईपीएलमा अब अपराजित टिम बाँकी छैन । आइतबारै कोलकताले गुजरात टाइटन्सलाई पराजित गरेको थियो ।

तेस्रो चरणसम्म पुग्दा कम्तीमा सबै टोलीले एक खेल हारेका छन् । अहिलेसम्म जितविहीन रहने मध्ये दिल्ली क्यापिटल्सले लगातार तीन र मुम्बई इन्डियन्सले लगातार दुई खेल हारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?