मुगु सामुहिक हत्या भएको हप्ता दिन पुग्यो कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

हिमालय टाइम्स
Read Time = 8 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । छायाँनाथ रारा नगरपालिका-६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामुहिक बिभत्स हत्या घटना भएको हप्ता दिन पुगेको छ ।
घटना भएको हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटना कसरी घट्यो के कारण घट्यो र हत्यारा को हो भनेर अझै पत्ता लगाउन सकिरहेको छैन तर घटनाको सघन अनुसन्धान भइरहेको भने प्रहरीले बताउन छोडेको छैन ।

घटना गत ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् प्रहरिले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शवपरीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍याइयो ।

सोमबारसम्म चारवटै शवको परीक्षण गरि सकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि सवहरुको दाहसस्कार हुन सकेको छैन ।

घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोलि खटिइ अनुशन्धान तीव्र बनाएको थियो ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो । घटनाको प्रकृति, अनुसन्धानको प्रगती बारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुग्नु भएको छ । उहाले भन्नुभयो “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्नेछ ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको हप्ता दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरुमा मुगु घटनालाइ उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुग्नु भएको हो ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्वन्धीत व्यक्तिहरुसङ्ग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिनसम्म लाग्छ । यत्रो ४/४ जनाको हत्या भएको छ कयौ जनासङ्ग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका वावजुद काम गर्नु पर्छ एक त घटनाको सुचना प्रहरीसम्म ढिला पुग्यो, फोन, नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्वन्धी कृयाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भैरहेको छ प्रनाउ थापाले भन्नुभयो । प्रहरिले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भैरहेको बताएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोवारले हत्या भएको हुन सक्ने अनुमान गरि प्रहरिले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्ती बारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ ।

हप्ता दिन वित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुशन्धान गर्न केन्द्रिय अनुसन्धान टोलि आउन लागेको हो भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउ विरेन्द्र थापाले भन्नुभयो कुनै क्लु नभेटाइ केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलिले हत्या र हत्यारा बारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोलि पनि मुगु आउन सक्छ ।
लासहरुको परिक्षण सोमबारै सकिएकोले अब घटना बारे शुष्म अध्ययन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराउनु भयो ।

यता जिल्ला अस्पताल मुगुमा लास राख्ने कोल्ड हाउस नहुँदा लासहरु गल्दै गएकाले समय मै दाहसस्कार नभए अस्पताल क्षेत्रमा गन्धित फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताउनु भयो । उहाँले भन्नूभयो प्रहरिले अनुसन्धान गरिरहेको छ शुष्म अध्ययनका लागि सव परिक्षण पनि भैसक्यो अब आफन्तहरुले लास बुझिदिए राम्रो हुने थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?