गाजा द्वन्द्व जारी रहे इजरायलसँग बिस्तारित भिडन्त हुन्छ : हिजबुल्लाह नेता

न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडौं । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले लेबनानको दक्षिणी सीमानामा इजरायलसँगको भिडन्त हालको झडपभन्दा बाहिर जाने चेतावनी दिएका छन् ।

हप्ताअघि इजरायल-हमास द्वन्द्व र इजरायल-हेजबुल्लाह टकराव शुरु भएपछि आफ्नो पहिलो टेलिभिजन भाषणमा नसरल्लाहले कुनैपनि समयमा बिस्तारित युद्ध शुरु हुने चेतावनी दिनुभएको हो । उहाँले लेबनानमा आक्रमण गर्ने वा लेबनानमा सक्रिय अपरेशन गर्ने सोचे इतिहासकै सबैभन्दा ठूलो मुर्खता हुने बताउनु भयो ।

नसरल्लाहले अमेरिकी हवाई आक्रमणको धम्कीले प्रतिरोधको दृढ संकल्प वा स्थितिलाई कहिल्यै असर नगरेको बताउनु भयो । संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै उहाँले अमेरिकालाई जवाफ दिन तयार रहेको बताउनु भयो ।

नसरल्लाहले इजरायलसँगको हिजबुल्लाहको मुठभेडले गाजामा आक्रमण गर्ने उद्देश्यले इजरायली सेनाको महत्वपूर्ण भागलाई प्रभावकारी रूपमा मोडेको बताउनु भयो । लगभग एक तिहाइ इजरायली सेनाहरू लेबनानसँगको सीमामा पुगेको बताउनु भयो । हिज्बुल्लाहका केही समर्थकहरूले आफू नसरल्लाहसँग अडिग रहेको बताएका छन् ।

उहाँले इजरायलदेखि आफू नडराउने बताउनु भयो । उहाँले इजरायल र अमेरिकासँग आइपरे जस्तोसुकै युद्धका लागि आफूहरु तयार रहेको बताउनु भयो ।

उहाँले आफूहरु प्रतिरोधको सिद्धान्तमा जन्मिएको र हुर्किएको भन्दै इजरायल विरुद्ध र प्रतिरोधको बाटो जारी राख्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?