१२ प्रतिशतले महँगी बढ्ने

Read Time = 2 mins

काठमाडौं । विगत वर्षको तुलनामा यस वर्ष तोकिएको सीमाभन्दा महँगी धेरै माथि पुग्ने भएको छ । नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखाएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा ८.५ प्रतिशतको हाराहारी पुगिसकेको छ ।

केन्द्रीय बैंकले चालु आवको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत छ । राष्ट्र बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म देशका ५७ शहरका ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत् अध्ययन गरेको थियो ।

अध्ययनमा दुई हजार ४० जना सहभागी थिए । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा आठ सय ९९ व्यक्ति थपिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । सर्वेक्षणमा सहभागी ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुनसक्ने बताएका छन् भने ९५.७ प्रतिशतले आगामी एक वर्षमा मूल्यवृद्धि हुनसक्ने बताएका छन् ।

खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा आवास समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहको मूल्यवृद्धि हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?