नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनु भएको छ ।

कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको निर्वाचनमा संस्थापन पक्ष र इतर पक्ष दुवैले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

लम्सालसहित पदाधिकारी र केन्द्रीय कार्य समितिकाे अधिकांश पदमा पनि लम्साल प्यानल नै विजयी बनेको छ ।

अध्यक्षमा विजयी लम्सालले संस्थापनबाट अध्यक्ष उम्मेदवार बन्नुभएको अनिता बिन्दूलाई पराजित गर्नुभयो ।

मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्साल प्यानलले बिजयोत्सव मनाइरहेको छ ।

युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित हुनु भएको छ । वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित हुँदा खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बन्नुभएको नकुल अर्याल सर्वाधिक मत सहित निर्वाचित हुनु भएको छ ।

खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी हुनु भएको छ भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी बन्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?