काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै अध्यागमन अधिकारीहरू कुटिएपछि विभिन्न ट्रेड युनियनहरूले तीन दिनभित्र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
आज संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न ट्रेड युनियनहरूले सरकारसँग माग गरेका हुन्।
उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि कुटपिट भएको र कुटपिटमा सम्लग्न प्रहरीलाई कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मन्चले आइतबार गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन् ।
'घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापीरूपमा कार्यालयको सेवा बन्द गर्ने लगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा जानकारी गराउँदछौं,' ज्ञापन पत्रमा भनिएको छ।
गत शुक्रबार दिउँसो प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । मोक्तानले शरीरको खानतलासी गर्न आनाकानी गरेपछि सो घटना भएको प्रहरीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच