काठमाडौं । संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । साबिक विजेता संकटा क्लबलाई आइतबार भएको खेलमा आर्मीले २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन दिनेश हेन्जन २ र जिलेस्पीजंग कार्कीले १ गोल गर्नुभयो । पहिलो हाफको अन्तिम मिनेटमा जिलेस्पीले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । आर्मीका कप्तान भरत खवासको क्रसमा अनमार्क रहनुभएका जिलेस्पीले हेडमार्फत् गोल गर्नुभएको हो । ४९ औँ मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्दै अन्तर दोब्बर पा¥यो । दिनेशले पेनाल्टीमा गोल गर्नुभयो । दिनेशले टोलीका लागि तेस्रो गोल ७६औँ मिनेटमा थप्नुभयो । जिलेस्पीको पासमा उहाँले गोल गर्नुभएको हो ।
संकटाले सिधै बाइ पाएर क्वाटरफाइनलमा खेलेको हो भने आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम आठमा पुगेको थियो । चारपटक फाइनल खेलेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकप जितेको छैन । दुईपटकको विजेता संकटा यसपटक पहिलो खेलमै पराजित भएको छ ।
आर्मीले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेतासँग माघ १८ गते खेल्नेछ । थ्रीस्टार भुटानको पारो एफसीलाई हराउँदै शनिबार सेमिफाइनलमा पुगेको थियो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल सोमबार दुई ‘ए’ डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । आहा रारा गोल्डकपको २३औँ संस्करणको विजेताले उपाधिसहित १२ लाख एक हजार र दोस्रो हुने टोलीले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच