
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा पनि घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीले शुक्रबार नेपालगञ्जमा आयोजित एक समारोहबीच नेपालगञ्ज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राईमार्फत् नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धनसिंह सम्झनालाई बस हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष केसीले ५० लाखभन्दा बढी नेपाली विभिन्न बाध्यताले विदेशिनु परेको र विदेशबाट दैनिकजस्तो १० देखि १२ जनाको शव नेपाल आउने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । तथापि एनआरएनएले विदेशमा रहेका श्रमिकको हितमा काम गर्दै आएको जानकारी गराउँदै उहाँले विगत दुई दशकमा एक खर्बको लगानी र एक अर्ब बराबरको परोपकारी काम गरेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिनले विदेशमा बस्ने नेपालीको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐरलगायत स्थानीय सरकारी अधिकारीको उपस्थिति थियो भने एनआरएनए उपाध्यक्ष रामशरण सिंखडा, ओसिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकार टिबी कार्की, भैरव ढकाल, भवानी ओली विधान संशोधन समिति संयोजक, सन्तोष भट्टराई पूर्व युरोप क्षेत्रीय संयोजक र सत्यनारायण झा एनआरएनए माल्टा उपाध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायतको उपस्थिति थियो । सातै प्रदेशमा मोबाइल ब्लड बस सेवा सञ्चालन गर्ने नीतिअनुरूप एनआरएनएले यसअघि कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरिसकेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच