✍️ प्रा.डा.खेम दाहाल
माघ दुई गते मंगलबारबाट क्रमशः
२.२ यात्रानुभव
शहर विराटनगरबाट खेती मौजा जाने सिलसिला छ मकरे नमानेर भर्खरै पुरानो भएको स्मरण सुनाएपछि भने कुशलले त्यो यात्रा गर्ने मौका पाउँछन् । हजुरआमा वा जिन्दार्नी बज्यैको खेती जाने साथी कुशल र बज्यै मध्यान्नमा बसबाट उत्रिएर नहरको बाटो पैदल हिँडे । पाँच घण्टा पैदल कष्टको छ ।
२.३ तराईको संस्कृति र हाम्रो अन्न भण्डार
आख्यानकार अत्यन्त नजिक भएर तराईको संस्कृति प्रकटमा ल्याउन तल्लीन भएको अवस्था छ । मार्गशीर्ष महिनाभरि धान पाकेको खेत देखाइन्छ, गोरु घुमाएर दाइँ (दाउनी) गर्ने संस्कारभित्रको एक कदममा धान झार्ने कार्यको प्रकृति अन्न फलाउने किसान तिनको कार्यतन्मयता फल लागेको देखेर मुस्कान बढेको सुख र अमिलाषा पूर्ण गर्ने किसानको भविष्यमाथि निबन्ध लेखन भएको छ ।
२.४ जीवन यात्रामा असन्तुलन
उपन्यास यात्रानुभूतिमा रुचिपूर्ण छ । कति ठाँउमा तराईको बाढी र त्यसैले खेत बगाएर बगर बनाउने घटना कति ठाउँमा मानवको क्षति बाढीबाट भएको संस्मरण वीरभद्र र कोशी ब्यारेज, पानीको भार नेपाल तिर छिर्ने विशेष प्रविधिमा भारतको राजनीति, ब्यारेज वरपर त्रास, बाढी पीडितको रोदन मोहरिया भँगालो, बज्यैको विश्वास मानव सेवामा ढुंगो पूजाप्रति अनास्था गरिब र विपन्नमाथि गरिने दया तथा वृक्षको सेवा, यी सबै संस्मरण बज्यैका हुन् ।
आख्यानमा युगलाई परीक्षण गर्ने प्रमाणहरू भेटिन्छन्, वनितामा पनि युगलाई चिनाउने लक्षण छन् । त्यसबेला आजको जस्तो कुनै नेट र मोबाइल थिएनन् । आजको जस्तो मोवाइलमा संवाद हुने युग थिएन भन्ने बुझाउने प्रमाणमा वनिता र कुशलका चिठ्ठीचपेटा प्रमाण बनेका छन् ।
नेपाल बाहिरको भ्रमणमा बदरीनाथ, केदारनाथ, गंगा नदी, रेलयात्रा र चोरीको भय मनिहारीघाट तथा मथुराको खटिराबाट निधन भनी कथा आख्यान प्रवक्ता महिला बज्यैको छोरो मथुरा स्वर्गवासी छोराको शव गंगाजीमा सेलाएपछि धार्मिक चेतनामा अन्तर आएको विषय बज्यैले भनेको कथाबाट बोध गर्न सकिन्छ । ईश्वरप्रतिको धारणा आधुनिकता धानिरहेकी बज्यै इतिहास हुन् ।
छोरीकी आमा हुनु एक चिन्ताको विषय हो, जो हिजो निकै गरुंगो थियो । आज भने समाज खुला छ पे्रम एकसँग र बिहे अर्कैसँग हुने युग आएको हुनाले छोरीकै इच्छामा बाबुआमा भर पर्छन् । समझदार बाबु र आमा छोरा र छोरीको इच्छामा हस्तक्षेपी नीति लिँदैनन् । तर अलिक अगाडिको विसं २०४० भन्दा अगाडि कक्षा दश पढाइ भएकी छोरी र कक्षा बाह्र वा आइएसम्म पढेको युवक पे्रममा फसे भने आमा र बाबु चिन्तित हुने युग थियो किनभने छोरीको इज्जतमा सानोे दागले ठूलो भूमिका खेल्थ्यो ।
आख्यानमा युगलाई परीक्षण गर्ने प्रमाणहरू भेटिन्छन्, वनितामा पनि युगलाई चिनाउने लक्षण छन् । त्यसबेला आजको जस्तो कुनै नेट र मोबाइल थिएनन् । आजको जस्तो मोबाइलमा संवाद हुने युग थिएन भन्ने बुझाउने प्रमाणमा वनिता र कुशलका चिठ्ठीचपेटा प्रमाण बनेका छन् । एकै मिनेटमा पुगिने मोबाइल सेवा नभएको समयमा यी दुई प्राणी घण्टौं लगाएर चिठी लेख्छन् । चिठीमा यिनीहरू भर पर्छन र गोप्य प्वालमा लुकाएर पनि ढुक्क छैनन् । माताको निगरानीका अगाडि यी प्राणी विवश भएको घटना संवत् २०४० भन्दा अगाडिको हो ।
‘वनिता’ उपन्यास समयको सूचना दिने स्रोत बनेको छ । वनिता र कुशलका क्रियाकलापबारेमा यर्थाथवादी युगका विस २०२० पूर्वलेखिने उपन्यासका लक्षण छन् । जसमा कथानक, दृष्टिबिन्दु, विचार तŒव, भाषा, देशकाल पर्यावरण, पात्र विधान, बिम्ब, प्रतीक आदिको उचित र सिलसिलाबद्ध चयन हुने भएका कारणले त्यस युगलाई परिपाटीबद्ध वा यथार्थवादी उपन्यासको युग भनिन्छ । ‘वनिता’ मा पाइने लक्षण केही मिल्दा छन् । अझै युवक र युवतीका छट्पटी पे्रममा हुने अन्धोपन एक स्पर्शको संस्मरण लुकेर चलचित्र हेर्न जाने प्रचलन हुने खाने सम्पन्न परिवारका छोराछोरीमा थियो ।
असम्पन्न घाँस दाउरा जाने किसिमका पात्रलाई एक पटक छोएर कथाले पाखा लगाएका कारणले अर्ध सामन्त परिवारका पात्रहरूले पहिले छोराछोरीको स्नातक तहसम्म पार लगाउन प्रयास गर्ने र त्यसपछि हुने भविष्यको नाताकै बारेमा सोच्ने धारणा इन्दु र मीराको संवादको सारका रूपमा बुझ्न सकिन्छ । त्यसभन्दा अगाडि जागिरको सरुवा मिलाएर केही समयको रोकथामतिर अग्रसर हुने विचार पनि छोराछोरीको भविष्य बनाउने सोच हो ।
यसमा धेरै घटना भएका छन् तर पहिलेको पे्रमप्रणय चिठीपत्रको युगलाई नराम्रो गरी लत्याएर विसं २०६० को युगभन्दा पछिको युवा पुस्ता देशबाट बाहिरिने मुहूर्ततर्फको फड्को मारिँदा समय र घटनामा सही समन्वय देखिँदैन । जे भए पनि समय बाहिरतिर युवा शक्ति तानिने २०६० को दशकतिर आख्यान अग्रसर हुँदैछ । नयाँपनको चाहनाले कुशल पीडित छ ।
‘मनको मयूर’ उपशीर्षकसम्म पुग्दा परिपाटी बद्ध लेखनको यथार्थवादलाई अनुकूल हुने घटना समेटिएका छन् । पे्रमप्रीति, पत्रको आदानप्रदान अभिभावकको दमन र युवकयुवतीमा रहेको अभिभावप्रतिको अनुशासन यसका उदाहरण र प्रमाण हुन् । विसं २०३०-२०४० विक्रम संवत्को इतिहास हेर्दा अमेरिका, अस्ट्रेलिया, बेलायत जाने युवाको ताँती थिएन, त्यो ताँती विसं २०६० पछिको हो भनी बोध गर्न सकिने देखिँदा समयक्रममा विचलन रहन्छ ।
२.६ उपन्यास ‘वनिता’ र मुहूर्त
इन्दु र विमलले जमिन बेचेर छोरालाई अस्ट्रेलिया पठाएको घटनामा एक मुहूर्त पठन गर्न सकिन्छ । विसं २०६० पछि होड चलेको युगमा आफ्नो सन्तान बाहिर पठाउन बाध्य अभिभावक दुःखमा छन् । छोरो विदेश पलायन हुने भयो । कोही खुसी छैनन्, सन्तान उडेर विदेश जाने भयो भनी धनको जोहो गरियो । यसरी सम्पन्नहरू अस्ट्रेलिया र अमेरिका पठाउँछन तर कमजोर आर्थिक अवस्थामा नागरिक खाडी प्रदेशमा श्रम गर्न पठाउँछन् । यो बाध्यता आउने कारण देशले उचित रोजगारी दिन नसकेको अवस्था र नेता मन्त्री तथा देश चलाउनेहरूको अकर्मव्यता मूल कारण हो ।
‘बचेराको उडान’ उपशीर्षक समय चित्रणमा समर्पित छ । आजभन्दा बिस वर्षअगाडिदेखि नै देशको राम्रो अवस्था नभएकाले कोही युवा बाहिरी देशतिर अध्ययनको निहुँमा लागेका छन् । गृहयुद्धले विसं २०५२ पछि युवाशक्ति पलायन गराउने । यहाँ पनि साथीभाइ, इष्टहरू सहपाठीहरू काम नपाएर विदेशतिर लागे भने एक पात्र कुशलले यहाँ पखेटा चलाएको बुझिन्छ । साथै इन्दु तथा विमल र वनिताका आँखा रसाएका छन् । जिम्दार्नी बज्यैले वैकुण्डको यात्रा तय गरेकी भन्ने नयाँ घटना छ ।
२.७ मिश्रित कथानक र स्थान मोह
वनिता मूल कथानक हुँदाहुँदै अर्को कथानक वा हाँगो साथै आएकाले यस कृतिको कथानक मिश्रित हुन्छ । ज्योति र पुष्कर खुला पे्रम गर्ने आँट गर्दैनन् तर लुकेर गर्ने तरिकामा सिनेमाका कलाकारझैँ ठाउँ सरेर पे्रमको नाटक गर्छन् । विराटनगरको गर्मी त्यहाँको जलजला सिनेमा हल र धरानका मन्दिर मठका आँगनमा रमिता हुन्छ । ज्योति स्नातक तहमा अध्ययनरत छिन् भने अर्को पुष्कर स्नाततोकत्तर तहको विज्ञान विषयको छात्र भएको बुझिन्छ यिनको पे्रम विवाहमा नजिक पुगेर पुष्कर अर्को देशतिर अध्ययनार्थ प्रस्तुत हुने ठहर हुन्छ ।
संस्कार, संस्कृति, स्थानको परिचयतर्फ लेखनको एका घार बग्दै जान्छ । शृंगार रसका भव्य प्रसंगहरू खोलिन्छन् । चलचित्रकै शैलीका संवाद छन् । धरानको धार्मिक महत्व दन्तकाली बुढासुब्बा भताभुंग भएको दरबार तरेलीमा बादलमा देखिने जनावर र तिनका चित्र सजीव बनको एकान्त, धार्मिक सांस्कृतिक महत्वका वस्तुको सम्मानहरू लियो लावेन्थलले भनेझैँ देखिन थाल्छन् । स्थानको मोहभित्र प्रकृति र संस्कृतिको सम्मान कृतिले रोजेका विषय हुन् । वनमा हुने मोह अझै भव्य लाग्छ ।
रूपाजस्ता सहपाठी ज्योतिका सहायक छन् । अलिकति अगाडिको जस्तै लाग्ने ज्योति र पुष्करको पे्रम गर्ने शैलीमा आमा र बाबुको अधीन धेरै थोरै देखिन्छ, उनीहरू सुझाबसम्म दिन्छन् तर बलले कुनै कर गर्दैनन् युगको चिनारी हुन्छ ।
विदेशको पठनमा हुने झन्झटहरू कुशलको जीवनमा जोडिने खालका छन् । खर्च सकिन्छ एक वर्षपछि अर्काे घरको नोकर भएर पकाउने भान्से र भाँडा माझ्ने केटाको काम गर्दै त्यहाँको अध्ययन मेलबर्नमा कठिन बन्छ । अर्काको घरमा काम गर्दै बाहिर बनाएको छुट्टै एक कोठामा बस्दै गर्दा अहिले ऊ कुनै धनीको पालित नोकर झैँ हुन जान्छ । युवती साराले एक प्रकारको प्रेम, माया, सदाचार, यौनसुखसम्म पुग्ने भूमिका दिँदा होमनाथ सुवेदीको ‘यमपुरीको महल’ का प्रेम र एक भरातीय एकल महिलाको जीवनसम्बन्ध जस्तै हुने सम्भावना छ ।
अर्को नेपाली युवक मदनले मलेसियन युवती विवाह गर्ने तयारी गरेको छ । त्यसमा विवाह गर्ने तयारी गरेको छ त्यसमा हुने खराबी कुशलले बुझेको हो । कुशलले स्वदेशप्रेम नेपाली युवती बिहे गर्ने विचार यी अति महत्वका संवादमा राष्ट्रपे्रम मदनलाई मोड्ने विचार सुन्दर हुन्छ । पढाइ खर्चको कमी छ ।
साहित्यका समाजशास्त्रीयका मतमा समयका बिम्ब कुनै स्रोतबाट आउने छन् । अनेक परिकार खान पाउने जन्तीहरू भोकाएका जनावरझैँ देखिने गरी स्वेच्छामा भोजन भाँडा उघाएर खाँदै छन् यो दृश्य वनिताको बिहेसँग आबद्ध छ ।
साराको पे्रमी थोमस, उसको सौतेनी बाबु र उसकी आमा पनि परिचयमा आएका छन् । यहाँ परिचय थपिने भएकाले उपन्यास छरिएर जान्छ एकै पात्रमा गतिशील बनेर जाने धर्म धान्दैन । यसलाई आख्यानको सीमा ठानिन् । यसरी क्षेपक (प्रसंगले अर्को कथा) थपेर लेखिने आख्यानले कुशल र वनितालाई न्याय गर्दैन साराकी आमाको सौतेने बाबुतिर, सौतेनी आमातिर उसको खास बाबुतिर क्षेपक थप्दा साराको कथा हो वा कुशलको आख्यान हो भन्नेमा भ्रम जन्मन्छ ।
साराको उपकथा आउँछ उसकी आमा एञ्जिला तिर पनि कथा मोडिन्छ । जोडिनु र डिभोर्स (पारपाचुके) गर्नु त्यस समाजको चिनारी नै हो पिता चुंगको मृत्युपछि सारा धनी भई अर्को क्षेपक साइँलो कार्की र साँइली कर्किनीतिर, मुकुन्दे र साइँली, भुजेल कान्छी, चिमे्र र मुकुन्दे, मोहोरियाकी साइँली यहाँ नेपालमा अर्काको कुरा काट्नेहरूतिर मोडिन्छ ।
समाज त्यता हुनाले साराकी आमाले जे गरे पनि कसैले केही भनेका छैनन् । अरू छेपकपछि आख्यानले साराको सुन्दरतामा भव्यताका साथ सम्मान पनि गर्छ आलोचना पनि थप्छ । कुशललाई ढल्पल गराइन्छ बनिता र सारातिर संस्कार, धर्म, परम्परा सबै त्याग्न लगाएर साराले कुशललाई अर्कै प्राणी बनाउन बल गर्छे । बाध्यताका अगाडि संस्कारको बलिदान हुने स्थिति प्रवासमा भोगिन्छ । विष्णुराज आत्रेयको उपन्यास ‘सोमतीर्थ र सुपादेउराली’ मा तारा र सोमको घटना यस प्रसंगसँग निकै नजिक हुन्छ ।
नारीको प्रयासले पुरुष नारीको बाहुपासबाट मुक्त हुँदैन, उनले इच्छा नगरेमा समागम सहज छैन भन्ने विषयले सारा र कुशललाई छोए । अझै कलेजमा तिर्ने शुल्क र थप खर्च पनि पाएको कुशललाई केटो साथी बनाउने, थोमसलाई त्याग्ने सन्तान नपाउने विचारकी साराले कम्पनीको मेनेजर कुशललाई बनाउने प्रस्ताव अंकल चाओसुँग राखेकी हो । अब भोलिदेखि कुशलसँग दिन बिताउने विचार गरिन् ।
साहित्यका समाजशास्त्रीयका मतमा समयका बिम्ब कुनै स्रोतबाट आउने छन् । अनेक परिकार खान पाउने जन्तीहरू भोकाएका जनावरझैँ देखिने गरी स्वेच्छामा भोजन भाँडा उघाएर खाँदै छन् यो दृश्य वनिताको बिहेसँग आबद्ध छ । कुशलको सारासँग बितेको जीवन त्यसबाट विचलित वनिताको परिवार वनिता र जन्मेजयको विवाह यस्ता घटनामा पे्रम एकसँग बिहे अर्कैसितको यो नवीन युग परिभाषामा आउँछ । छोरीले त्यस्तो सोचेको युवक पाउन कठिन स्थिति देखाइएको सारासँग लिभिङ टुगेदरमा बसेको कुशल वनितासँग छोडिएको छ, छोडिने कारण वैदेशिक रोजगारीको बाध्यता हो । यहाँ बाध्य जीवनका बाध्यता रहर नभए पनि गरिने निर्णय धेरै छन् । क्रमशः
वनिता : हाम्रो संस्कारको इतिहास
थप सामग्री : https://ehimalayatimes.com/2024/01/191052/
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच