काठमाडौं । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी बनेका कानुन तथा नीतिहरूको कार्यान्वयनमा सांसदहरूको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरूको अधिकार प्रत्याभूति गर्न बनेका कानुनी प्रावधान कार्यान्वयनमा गर्नमा सांसदहरूको भूमिका के कस्तो रहन्छ भन्ने सम्बन्धमा छलफल गर्ने उद्देश्यले नेपाल अपांग महिला संघले सिबिएम ग्लोबल डिसेबिलीटी इन्क्लुजनको सहकार्यमा सो अन्तक्र्रियाको आयोजना गरेको हो ।
अन्तक्र्रियामा आफ्नो मन्तव्य राख्नुहुँदै प्रतिनिधिसभा सदस्य रोशन कार्कीले कानुन तथा नीति बनाउने ठाउँमा अपांगता भएका व्यक्तिहरू नपुगेसम्म उनीहरूको अधिकार सुनिश्चत नहुने कुरा औंल्याउनु हुँदै अबका दिनमा अपांगता भएका व्यक्तिहरूको राजनीतिक क्षेत्रमा सहभागिता रहनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधीसभा सदस्य नगिना यादवले अपांगता भएका व्यक्तिहरूले आफ्नो अधिकार प्राप्तिका लागि काम गर्न सांसदहरूलाई बेलाबेलामा झक्झक्याई रहन पर्ने र त्यसका लागि अपांगता भएका व्यक्तिहरूको एक विज्ञ समूह निर्माण गरी सो समूहमार्फत नीति निर्माण तहमा बस्नेलाई वकालत गरिरहनुपर्नेमा जोड दिनुभयो ।
अर्का प्रतिनिधिसभा सदस्य गोमा सापकोटाले कुनै पनि नीति तथा कानुन निर्माण गर्दा खेरी त्यसले कुन समुदायलाई कसरी सम्बोधन गर्न भन्ने कुरामा राम्ररी सोचविचार गरेरमात्रै निर्माण गर्नुपर्ने तथा त्यसले अपांगता भएका व्यक्तिलगायत पिछडिएका वर्गको अधिकारको सम्मान हुनेगरी निर्माण गर्नुपर्ने र सो को कार्यान्वयनमा ध्यानदिनुपर्ने बताउनुभयो ।
अन्तक्र्रियामा राष्ट्रियसभा सदस्य प्रकाश पन्तले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित होस् भन्ने उद्दश्यले नै आफूले संकल्प प्रश्ताव पारित गराउनमा महत्वपूर्ण भूमिका खेलेको र अबका दिनमा पनि पुलको रूपमा रहने र समन्वयकारी भूमिका खेल्ने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य माननीय लक्ष्मी घिमिरेले कानुनी विषयसँग सम्बन्धित यस्ता कार्यक्रममा संघीयमात्र नभएर प्रदेश सभाका सांसदहरूलाई पनि सहभागी गराउनुपर्ने सुझाब दिनुहुँदै ती कार्यक्रमबाट अपांगताको सवाल उहाँहरूले पनि स्पष्ट रूपमा थाहा पाउने हुँदा विभिन्न कानुन तथा नीति निर्माण गर्दा अपांगताको सवाल पनि सम्बोधन हुनेगरी गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल, उपाध्यक्ष मिना पौडेल, महासचिव देवकला पराजुली तथा संघकी मनिटरिङ तथा डकुमेन्टेसन अधिकृत दुर्गा कार्की तथा अन्तक्र्रियामा सहभागि अपांगता भएका व्यक्तिले माननीयहरूले समयसमयमा गर्नु भएका विभिन्न प्रतिबद्धता पूरा गर्ने सन्दर्भमा ध्यानाकर्षण गर्न जोड दिनुपर्ने माग गर्दै हरतरहले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी बनेका कानुन तथा नीतिहरूको कार्यान्वयनमा सांसदहरूले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न अनुरोध पनि गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच