भोजपुर प्रतिभा पुरस्कार इन्द्रसुरलाई प्रदान गरिने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । २०५१ सालमा स्थापित त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले यस बर्षको प्रतिभा पुरस्कार सर्जक इन्द्रसुर बेल्टारेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

जिल्लाको पूर्वी अरुण गाउँपालिकाको जरायोटार निवासी सर्जक बेल्टारेलाई प्रतिष्ठानले स्थापना गरेको भोजपुर प्रतिभा पुरस्कारबाट सम्मान गर्न लागिएको त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले बताउनुभयो । पुरस्कारको राशी २२ हजार दुई सय २२ रुपैया रहेको छ । सर्जक बेल्टारेको बस्तीको कुनाबाट कविता संग्रह, मेरो नेपाल खण्डकाब्य, जुनको पराग गजल संग्रह प्रकाशित भई सकेका छन ।

भोजपुर प्रतिभा पुरस्कारका संरक्षक अमृका ताम्राकारले दोश्रो सर्जककारुपमा बेल्टारेलाई पुरस्कृत गर्न लागिएको बताउनुभयो । यस भन्दा अगाडी जिल्लामा मोक्तान भाईकारुपमा परिचित पुराना कवि शेरबहादुर मोक्तानलाई पुरस्कृत गरिएको थियो । २०७८ सालमा भोजपुर प्रतिभा पुरस्कारको स्थापना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?