काठमाडौं । नेता वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेख्नुभएको छ । नेकपा एमालेबाट राजीनामा दिनुभएका गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाउनुभएको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिनुभएका उहाँ नेकपा एमाले विभाजनका बेलामा भने निस्क्रिय रहनुभयो ।
सुरुमा नेकपा एकता र पछि एमाले एकता अभियान चलाउनुभएका गौतम हाल भने स्वतन्त्र वामपन्थी नेताका रुपमा हुनुहुन्छ । यद्यपि, उहाँले विभाजनअघि भने आफ्नो साथ माधव नेपाललाई भएको बताउनुभएको थियो । हाल भने एकीकृत समाजवादीलाई आफ्नो समर्थन भएको देखाउँदै उहाँले गीत सार्वजनिक गर्नुभएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच