ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक हो: अध्यक्ष ढकाल

फाईल तस्बिर

Read Time = 11 mins

काठमाण्डौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताउनुभएको छ ।

सोमवार ग्लोवल आईएमइ बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोवल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गर्नुभयो । उहाँले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताउनु भयो । उहाँले ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जरले बैंकको अधिकांश वित्तीय सूचकहरुमा ग्लोवल आईएमई बैंक नेपालको पहिलो बैंकको रुपमा स्थापित भएको बताउनु भयो ।

अध्यक्ष ढकालले बैंक अफ काठमाण्डुसँगको मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर ग्लोवल आईएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको बताउनु भयो । उहाँले बैंकले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउँदै ग्लोवल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन हो । ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जर भएसँगै अधिकांश वित्तिय सूचकहरुमा ग्लोवल आईएमई बैंक नेपालको नम्बर १ बैंकको रुपमा रहनेछ । यो अगाडि पनि धेरै सूचाङ्कमा नम्बर १ नै थियौं । मर्जरले अझै माथि उक्लन सफल भएका छौं । यो मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक,१० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर आज २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत बैंकको रुपमा ग्लोवल आईएमई बैंकको कारोबार शुरु भएको छ । राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अगाडि बढेका हामी सरकारको मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने लिडरको रुपमा हौं भन्ने कुरा प्रधानमन्त्री ज्युलाई जानकारी गराउन चाहन्छु । हामी दुई प्लस दुई बराबर ४ होइन हामी पाँचको लक्ष्यसहित मर्जरमा गएको कारणले हामी मात्रै सफल भएका छैनौं । सरकारको नीति र राष्ट्र बैंकको नीतिलाई कार्यान्वयन गरेबाट देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जानको लागि उत्साहित गरेका छौं । हाम्रा शेयरधनी देखि निक्षेपकर्ता ग्राहक सबै हाम्रो मर्जर अभियानलाई सफल बनाउन ठूलो सहयोग रहेको छ ।’

अध्यक्ष ढकालले ग्लोवल आईएमई बैंक कुल पुँजी, निक्षेप, कर्जा शाखा सञ्जालका आधारमा देशकै ठूलो बैंक भएको बताउनु भयो । उहाँले बैंक आकार र पुँजीका आधारमा ठूलो हुनु मात्रै सफलता नभएको भन्दै आकारको यो वृद्धिले मुलुकको वित्तिय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकका सबै क्षेत्रका नागरिकलाई सानोदेखि ठूलोसम्म वित्तीय सेवा पुर्‍याउने बैंकका रुपमा अघि बढीरहेकाको बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको बताउनु भयो ।

उहाँले मर्जरपछि कुल पुँजीकोष ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १० अर्ब, कुल कर्जा ४ खर्ब, कुल सम्पती ५ खर्ब, शाखा सञ्जाल १ हजार १ सय र सेवा प्रवाह भएको जिल्लाहरु ७७ रहेको बताउनु भयो । उहाँले ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु र ४ हजार बढी कर्मचारीहरु रहेको पनि बताउनु भयो । उहाँले बैंकले राष्ट्र बैंकबाट अनुमति लिएर दक्षिण कोरियामा नेपालको पहिलो वैदेशिक शाखा सञ्चालन अन्तिम तयारीमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ग्लोवल आईएमई बैंक कुल पुँजी, निक्षेप, कर्जा शाखा सञ्जाल लगायत धेरै आधारमा देशकै ठूलो बैंक भएको छ । मेरो आधारमा बैंक आकार, पुँजीमा ठूलो हुनु मात्रै सफलता होइन । आकारको यो वृद्धिले मुलुकको वित्तिय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने हाम्रो सोच हो । सबैका लागि बैंक भन्ने मुल मन्त्रका साथ मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई सानोदेखि ठूलोसम्म वित्तीय सेवा पुर्‍याउने बैंकका रुपमा अघि बढीरहेको बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ । मर्जरपछि कुल पुँजीकोष करिव ५६ अर्ब बढी, कुल निक्षेप ४ खर्ब १० अर्ब, कुल कर्जा ४ खर्ब, कुल सम्पती ५ खर्ब शाखा सञ्जाल १ हजार १ सय र सेवा प्रवाह भएको जिल्लाहरु ७७ रहेको छ । ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु र ४ हजार बढी कर्मचारीहरु रहेका छन् । राष्ट्र बैंकबाट लेटेर एण्ड इन्ट्यान लिएर दक्षिण कोरियामा नेपालको पहिलो वैदेशिक शाखा सञ्चालन अन्तिम तयारीमा रहेका छौं ।’

अध्यक्ष ढकालले ग्लोवल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने बैंक बनेको बताउनु भयो । उहाँले बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठूला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागी हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले खाडिमा रहेका नेपालीहरुले दुःख गरेर कमाएको रेमिट्यान्स घर-घरमा पुर्‍याउन सेवा शुरु गरेको आइएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै आज नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ दुई बैंकको मर्जर पश्चात ग्लोवल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने बैंक बनेको छ । आज भन्दा एक दशकअघि मात्रै पनि मुलुकले यति ठूलो बैंकको सायद नै परिकल्पना गरिएको थिएन । तर आज ग्लोवल आईएमई बैंकको अगुवाइमा नेपालमा पनि मुलुकको अर्थतन्त्रको आकारको तुलनामा ठूला बैंकको परिकल्पना साकार भएको छ । मुलुकका पहिलो बैंक हुनुका पछाडि अवसर मात्रै छन भन्ने मलाई लाग्दैन । योसँगै कयौं चुनौति पनि जोडिएका छन् । त्यसैले ठूलो बैंक हुनुमा पनि अवसर र चुनौती दुवै छन् । जोखिम र व्यवस्थापकीय समस्याहरु पनि छन् । तर हामी चुनौतिको पहिचान गरेर त्यसबाट अवसर सिर्जना गर्नेमा केन्द्रित रहनेछौं । पटक-पटक मर्जरको अनुभव हासिल गरी सकेकाले चुनौतिलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैंकलाई सबल संस्थाका रुपमा स्थापित गर्नेछौं । बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठूला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागी हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको छु । खाडिमा रहेका नेपालीहरुले दुःख गरेर कमाएको रेमिट्यान्स घर-घरमा पुर्‍याउन सेवा शुरु गरेको आईएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै आज नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ । पेशा र व्यवसायीको सफलताको सूत्र इमान्दारिता नै हो । आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता थियो । आईएमई समूह वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको छ । हरेक लगानीमा स्थानीय र सर्वसाधारणको लगानी सुनिश्चितता सहित अगाडि बढ्नु नै आईएमईको सफलताको सूत्र भएको छ ।’

उहाँले पेसा र व्यवसायीको सफलताको सूत्र इमान्दारिता भएको भन्दै आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता रहेको बताउनु भयो । उहाँले आईएमई समूह वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?