काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रले प्रचण्ड पथगामीहरुलाई २५ प्रश्न गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल मार्फत मिश्रले उक्त पथगामीहरुले राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेको र केही गल्ती भेटिए रमाइहाल्ने तर उनीहरुले विषयलाई समग्रतामा नहेरेर तदर्थतामा हेर्ने गरेको मिश्रले उल्लेख गर्नुभएको छ ।
साथै उनीहरुले एक गल्तीले देशलाई पारेको अफ्टेरो र सय गल्तीले देशलाई गरेको अक्षम्य घातको भिन्नता छुट्याउन नसकेकाे मिश्रले बताउनु भएको छ ।
सबैले तीव्ररूपमा दानवीकरण गर्दागर्दै पनि राजा लोकप्रिय हुँदै गएकाे उहाँकाे बुझाइ रहेको छ ।
हेर्नुहोस् मिश्रले गर्नुभएको २५ प्रश्न जस्ताको तस्तै
१. अनाथ बालबालिकाका लागि दिएको बालमन्दिर कहिले खाइयो ?
२. उत्कृष्टता र इमानलाई लोप्पा खुवाउन कहिले शुरू गरियो ?
३. नेपाली-नेपालीबीच हत्या-हिंसा कहिले शुरू भयो ?
४. १७ हजार नेपाली कहिले मरेरु किन मारिए ?
५. हजारौँ अङ्गभङ्ग कहिले भए ?
६. लाखौँ विस्थापित कहिले भए ?
७. दण्डहिनता कहिले बढ्यो ?
८. शहरहरू सुकुम्बासी वस्तीमा कहिले परिणत हुन थाले ?
९. काठमाडौँ उपत्यका, पोखरा, सुर्खेतका जस्ता भू-उपयोग तथा सहरी व्यवस्थापनका योजना ध्वस्त कहिले पारियो ?
१०. गाऊँमा नेपाली मारिँदै गर्दा संसदमा पुरूष सांसदले सुत्केरी भत्ता कहिले खाए ?
११. पजेरोरलाउडारधमिजा काण्ड कहिले भयो ?
१२. केही होइन, दर्जनौँ होइन -सयौँ भष्ट्राचारको काण्ड कहिले भयो ?
१३. कुशासनले पराकाष्ठा कहिले छोयो ?
१४. नेता नचिने सरकारी अस्पतालमा बेड नपाउने स्थिति कहिले बन्यो ?
१५. उपचार खर्च तिर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर मर्नुपर्ने स्थिति कसले बनायो ?
१६. सार्वजनिक शिक्षाको स्तर क-कसका कारण पतन भयो ?
१७. प्रहरी, प्रशासन, न्यायलय, अख्तियार लगायत राज्यका हरेक महत्वपूर्ण संस्था क्षयिकृत कहिले भए ?
१८. अन्तर्राष्ट्रिय छवि पूर्ण रूपमा कहिले ध्वस्त भयो ?
१९. विदेशी प्रभाव सधैँ थियो, तर विदेशीको तलुवा चाट्ने काम कहिले शुरू भयो ?
२०. एउटा राजाको ठाऊँमा एक हजार राजा कहिले जन्मिए ?
२१. देशमा धार्मिकरजातीय संवेदनशीलता र हिंसा कहिले बढ्यो ?
२२. देशको ऋणभार तिब्र रूपमा कहिले चढ्यो ?
२३. देश असफल राष्ट्रको संघारमा कहिले पुग्यो ?
२४. यी सबै प्रश्नको दोष धर्ती जस्तै सबै सहेर बसेका ती एकजना राजा (ज्ञानेन्द्र) लाई लगाएर बसेर प्रचण्ड पथगामीहरू चोखिन मिल्छ ?
२५. अनि ९४ प्रतिशत जनमत लिएर बसेका दलहरूले ६ प्रतिशत मत लिएर बसेको दल (राप्रपा) लाई जनमत भड्काएको भनेर दोष लगाउन मिल्छ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच