प्याजको मूल्य आज पनि घट्यो, अरु तरकारीको मूल्य कति ?

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०,लौका ७०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ३५०, आभोकाडो ३००, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?