भोजपुर । सहिद दिवसको अवसरमा आयोजित खुला तथा बी डिभिजन ब्याडमिन्टनको उपाधी भोजपुरले जितेको छ ।
भोजपुरको उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा आयोजित प्रतियोगिता तर्फको फाइनल खेलमा खुला तथा बी डिभिजन दुवै तर्फको उपाधी भोजपुरले जितेको हो । प्रतियोगिता तर्फको खुला तर्फको फाइनल खेलमा विवेकश्रेष्ठ र विशाल तामाङको जोडीले मोरङका लाक्पा शेर्पा र विनय चौधरीको जोडीलाई सोझो सेटमा २१-१७,२१-१२,२१-११ ले पराजित गर्दे बिजेता बन्नु भएको हो ।
यस्तै प्रतियोगिताको बी डिभिजन तर्फ पनि भोजपुरका चन्दन कट्वाल र सुरज राना मगरको जोडी प्रथम बनेको छ । छिमेकी जिल्ला संखुवासभाका मोहन कट्वाल र राजेन्द्र श्रेष्ठको जोडीलाई २१-९,२१-११,२०-२२ र २३-२१ सेटले पराजित गर्दै भोजपुरले उपाधी जितेको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जोडीलाई ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाइनलिष्ट २ टीमले १०-१० हजार नगद र वी डिभिजन तर्फ प्रथम स्थान हासिल गर्ने जोडीलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल, प्रमाण पत्र र सेमिफाइनलिष्ट २ टीमले नगद सात हजार पाँच सय ७५ पाएको आयोजक दिङला ब्याडमिन्टन क्लवले जनाएको छ ।
भोजपुर, संखुवासभा, मोरङ, उदयपुर, सुनसरी जिल्लाका साथै विभागीय टीम ससस्त्र प्रहरीकोसमेत गरि खुल्ला तर्फ ८ टीम र बी डिभिजन तर्फ भोजपुर र संखुवासभाका २२ टीमको सहभागिता रहेको थियो ।
दिंला व्याडमिण्टन क्लबको आयोजना तथा षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नम्वर ४ को संयुक्त प्रायोजनमा प्रतियोगिता संचालन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच