प्रेस काउन्सिलले माग्यो कर्मचारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रेस काउन्सिलले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । काउन्सिलले शुक्रबार सूचना जारी गर्दै अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि आवेदन माग गरेको हो ।

आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

जसअनुसार अधिकृत (प्रशासन) छौठौमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?