इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मंगलबारे । इलाममा मकाटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खन्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेको प्रहरीको भनाइ छ।

उहाँका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरूलाई पुरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?