बास्केटबलमा ग्रिनल्याण्डको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्रिनल्याण्डले दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । ग्रिनल्याण्डले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ५०-३८ ले पराजित गर्‍यो ।

सिनियर ब्वाइजमै कान्तिपुरले नेपालयलाई २६-१४, पुष्पसदनले जेनिथलाई ३६-३२, स्वर्णिमले एलआरआईलाई ३८-२७, पिपुल्स एकेडेमीले सिद्धार्थ वनस्थलीलाई ३७-१५ र सेबले रेडियन्टलाई ३५-३३ ले हरायो ।

जुनियर ब्वाइजमा रेडियन्टले त्रिज्योतिलाई २६-९, सेबले पिपुल्सलाई १७-७ र ज्ञान निकेतनले स्वप्न वाटिकालाई २८-१२ ले पाखा लगायो । सिनियर गल्र्समा एलआरआईले ग्रिनफिल्ड ‘बी’ लाई १२-१० ले पन्छायो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?