सप्तरी- ४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

सप्तरी । सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी हुनुभएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई पराजित गर्दै चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित हुनुभएको छ ।

चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका यादवले १७ हजार ८७७ मत पाउनुभयो ।

२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थाल्नुभएका चौधरीले २०७० र २०७४ को चुनाव पनि जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?