नवलपरासी । पश्चिम नवलपरासीमा सबै भन्दा धेरै बर्दघाट नगरपालिकाको अख्तियारमा उजुरी परेको छ । बर्दघाट नगरपालिकाको काम कारवाहीको बिषय लिएर सबै भन्दा धेरै बर्दघाट नगरपालिकाको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ ।
जिल्लामा सात वटा स्थानिय तह मध्ये सबैभन्दा बर्दघाट नगरपालिका बिरुद्ध २९ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । जसमा ९ वटा उजुरी फर्छ्याैट भएका छन भने २० वटा फर्छ्याैट हुन बाँकी रहेको भण्डारीले बताउनु भयो । जिल्लाको सुस्ता गाउँपालिकामा सबैभन्दा कम २ वटा उजुरी परेको जसमा १ फर्छ्याैट भएको छ भने १ वटा उजुरी फर्छ्याैट हुन बाँकी रहेको छ ।
सरावल गाउँपालिकाको २७ उजुरी मध्ये ६ उजुरी फर्छ्याैट भएको छ भने २१ वटा फर्छ्यौट हुन बाँकी छ । त्यस्तै पाल्हिनन्दन गाउँपालिकाको १२ वटा उजुरी मध्ये ५ उजुरी फर्छ्याैट, ७ वटा फर्छ्यौट हुन बाँकी रहेको सुनवल नगरपालिकाको १८ उजुरी मध्ये ९ वटाको फर्छ्याैट, ९ वटा फर्छ्याैट हुन बाँकी रहेको र रामग्राम नगरपालिकाको १० वटा उजुरी मध्ये ५ वटाको फर्छ्याैट भएको ५ वटा फर्छ्याैट हुन बाँकी रहेको भण्डारीले जानकारी दिनुभयो । यस्तै प्रतापपुर गाउँपालिकाको ७ वटा उजुरी मध्ये २ वटा उजुरी फर्छ्याैट भएको ५ वटा फर्छ्याैट हुन बाँकी रहेको अख्तियारले जानएको छ ।
पश्चिम नवलपरासी जिल्लामा यस आर्थिक बर्षमा २०८०/०८१ मा सात वटा स्थानिय तह बिरुद्ध एक सय पाँच वटा अख्तियार कार्यालयमा उजुरी परेको शाखा अधिकृत भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार ३७ वटा उजुरी फर्छ्याैट भएको छ भने ६८ वटा उजुरी फर्छ्याैट हुन बाँकी छ । उजुरी प्रकृति हेर्दा लेनदेन , विद्यालयमा दिवाखाजा, कर्मचारी भर्ना, उपभोक्ता समिति, कामको गुणस्तरलगायतका उजुरीहरू पर्ने गरेका छन् ।
प्रतापपुरमा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल , जिल्ला प्रशासन कार्यालय तथा भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था नवलपरासीकोे आयोजनमा गरेको सार्वजनिक निकायबाट प्राप्त हुने सेवा, सुविधा पारदर्शिता र जवाफदेहिता बिषयक सार्वजनिक बहस कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले साे कुराकाे जानकारी दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच