अख्तियारमा पश्चिम नवलपरासीका ७ स्थानीय तहका १ सय ५ वटा उजुरी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा पश्चिम् नवलपरासीमा रहेका ७ वटै स्थानीय तहका उजुरी पर्ने गरेका छन् । आर्थिक बर्ष ०८०–८१ मा सात वटै स्थानीय तहका १ सय ५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलले जनाएको छ । जस मध्ये ३७ वटा उजुरी फर्छ्यौट भएका कार्यालयले जनाएको छ ।

स्थानीय तहहरु मध्य सबै भन्दा बढी उजुरी बर्दघाट नगरपालिकाको रहेको छन भने सबै भन्दा कम उजुरी पर्नेमा सुस्ता गाउँपालिका रहेको छ । यस आर्थिक बर्ष सुरु भए यता बर्दघाट नगरपालिकाको २९ वटा उजुरी परेको र ९ वटा उजुरी फर्छ्यौट भएको अख्तियर कार्यालय बुटवलले जानकारी दिएको छ ।

सरावल गाउँपालिकाको २७ उजुरी मध्ये ६ उजुरी फर्छ्यौट, पाल्हिनन्दन गाउँपालिकाको १२ वटा उजुरी मध्ये ५ उजुरी फर्छ्यौट, सुनवल नगरपालिकाको १८ उजुरी मध्ये ९ वटाको फर्छ्यौट, रामग्राम नगरपालिकाको १० वटा उजुरी मध्ये ५ वटाको फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतापपुर गाउँपालिकाको ७ वटा उजुरी मध्ये २ वटा उजुरी फर्छ्यौट भएको र सुस्ता गाउँपालिकाको २ वटा उजुरी मध्ये एउटा उजुरीको फर्छ्यौट भएको भण्डारीले जानकारी दिनुभयो । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीले आयोजना गरेको कार्यक्रममा सो तथ्याङ्कका बारेमा जानकारी गराइएको हो ।

विद्यालयमा दिवा खाजा, कर्मचारी भर्ना, उपभोक्ता समिति, कामको गुणस्तर लगायतका प्रकृतिका उजुरीहरू पर्ने गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?