तत्काल गठबन्धन सरकार परिवर्तन हुँदैन : गगन थापा

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ ।

संसदीय दलमा आवश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुनेसमेत जनाउनु भएका महामन्त्री थापाले आफु उपयुक्त समय कुरिरहेको बताउनु भयो ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको पनि जनाउनु भयो ।

यसैगरी, नेपाली कांग्रेसको नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुका बीचमा गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने तथा नयाँ तरिकाले अघि बढ्ने बारेमा निर्णय लिने पनि उहाँले जानकारी दिनुभयो ।

कोशी सरकार निर्माणको बिषयमा भएको बिबादका बारेमा तत्कालै कुनै प्रतिक्रिया नदिनुभएका महामन्त्री थापाले सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने भने जनाउनु भयो ।

केन्द्रीय समितिको बैठक स्थगित भएको र सो बैठक सुरु हुने बितिक्कै पार्टीको भावी कार्यदिशा र कार्ययोजनाका बारेमा थप गहन छलफल हुने उहाँको भनाई छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?