माओवादी अध्यक्ष प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो ।

यसअघि बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको थियो।

प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो । ०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताउनुभएको थियो ।

उक्त अभिव्यक्तिबमोजिम उहाँमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गनुृभएको हो । सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो ।

प्रशासनविरुद्ध दायर भएको दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ताको आदेश भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?