![अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदहरुलाई काँग्रेसको निर्देशन](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/congress-samsadiya-dal-baithak.jpg)
काठमाडौं । नेपाल पुलिस क्लबका इलोन श्रेष्ठ र बागमती प्रदेशकी पुष्पका लामाले कृष्णप्रसाद भट्टराई स्मृति तेस्रो राष्ट्रिय कराते च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जित्नुभएको छ । सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको कुमुतेतर्फ ५५ केजी तौल समूहमा इलोनले पुरुषमा र पुष्पकाले महिलामा स्वर्ण जित्नुभएको हो । इलोनले फाइनलमा मधेसका रितिक लामालाई हराउनुभयो ।
यस तौल समूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र नेपाल आर्मीका रमेश बुलनले कांस्य पदक जित्नुभयो । यसै तौल समूहमा महिलातर्फ पुष्पकाले फाइनलमा एपीएफकी निमा तामाङलाई हराउनुभयो । पुलिसकी जया कार्की र आर्मीकी सुनिता सुनारले कांस्य पदक जित्नुभयो ।
कुमुतेतर्फ नै पुरुष ५० केजी तौल समूहमा बागमतीका साइमन श्रेष्ठले फाइनलमा पुलिसका साजन मोक्तानलाई हराउँदै स्वर्ण जित्नुभयो । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका निसान घले र सुदूरपश्चिम प्रदेशका आनन्द कामीले कांस्य पदकमा चित्त बुझाउनुभयो ।
सिनियर कुमुतेको पुरुष ६० केजीमान एपीएफका मीनबहादुर तामाङले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा लुम्बिनी प्रदेशका सुनिल समाललाई हराउनुभयो । पुलिसका अंकित गुरुङ र सुदूरपश्चिमका अर्जुन थापाले कांस्य पदक प्राप्त गर्नुभयो ।
सिनियर महिलातर्फ ६८ केजी तौलसमूहमा पुलिसकी रोजित ढुंगेलले स्वर्ण पदक जित्नुभयो । उहाँले फाइनलमा कोशी प्रदेशकी युमसम राईलाई हराउँदै यो सफलता प्राप्त गर्नुभयो । लुम्बिनीकी रक्षा शाही ठकुरी र बागमतीकी आसिका राईले कांस्य पदकमा चित्त बुझाउनुभयो ।
हालसम्म कुल १० पदकमा छिनोफानो हुँदा पुलिसले सात स्वर्ण पदकसहित अग्रता बनाएको छ । बागमती प्रदेशले दुई स्वर्ण र एपीएफले एक स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा १७ स्वर्ण पदकका लागि छिनोफानो हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच