बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा

Read Time = 1 min

काठमाडौं । निर्जीवन बीमा कम्पनीको नाफा २० प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म एक अर्ब १५ करोड ५८ लाख मुनाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २०.४४ प्रतिशतले बढी हो । गत आवमा ९५ करोड ९६ लाख मुनाफा कमाएका थिए ।

जनरल इन्स्योरेन्सले एक हजार एक सय ६२ प्रतिशतले नाफा बढाएको छ भने ओरियन्टल इन्स्योरेन्सले सत प्रतिशत, युनाइटेड र सानिमाको क्रमशः ९० र ७० प्रतिशतले बढेको छ ।

तर, आठ कम्पनीको नाफा भने घटेको छ । गत आवको तुलनामा सबैभन्दा बढी जनरल इन्स्योरेन्सको नाफा ५० प्रतिशतले घटेको छ भने सगरमाथा ४७, हिमालय एभरेष्ट ३४, राष्ट्रिय बीमा कम्पनी १३, एनएलजी र नेकोको छ/छ, सिद्धार्थ इन्स्योरेन्स पाँच र प्रिमियरको मुनाफा चार प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?