नृत्य र अभिनयमा मञ्जली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बाल कलाकारको रूपमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ मञ्जली तामाङले । उहाँले स्कुलमा तथा अन्य क्षेत्रमा हुने नृत्य र अभिनय प्रतियोगितमा प्रायः प्रथम स्थान प्राप्त गर्दै आउनुभएको छ ।

कपनको सरस्वतीनगरमा रहेको गोल्डेन पिक स्कुलमा अध्ययन गर्दैै आउनुभएकी मञ्जली अध्ययनमा पनि अब्बल रहेको शिक्षक-शिक्षिका बताउनुहुन्छ । उहाँका कार्यलाई सर्पोट पनि गर्दै आइरहेको स्कुलको भनाइ छ । स्कुलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा मञ्जलीको नाम पहिला आउँछ ।

अभिनयमा लागि चाहिने हाउभाउ नृत्यका लागि चाहिने सम्पूर्ण कुरा मञ्जलीमा पाउन सकिन्छ । उहाँ पढाइमा जति तेज हुनुहुन्छ अनुशासित पनि रहेको उहाँका शिक्षक-शिक्षिका बताउनुहुन्छ । पुर्खौली गाउँ नुवाकोट दुप्चेश्वर गाउँपाकिाका शिखरवेशी-७ मा भए तापनि काठमाडौंको सरस्वतीनगरमा जन्मिनुभएकी मञ्जली कपन बस्दै आउनुभएको छ ।

आमा ईश्वरी मायाले उहाँका हरेक क्रियाकलापमा साथ पुर्‍याउँदै आउनुभएको छ । ‘पैसामात्र कमाएर केही हुँदैन जीवनमा त कमाउने भनेको इज्जत, नाम आशिर्वाद हो, त्यसैले छोरीले भविष्यमा ठूलो नाम कमाएको हेर्न मन छ’, आमा ईश्वरी भन्नुहुन्छ । त्यसैले त मञ्जलीका आमाबुबाले उहाँको अभिनय, नृत्य र स्कुलको समयको व्यवस्थापन मिलाउनुभएको छ, सर्पोट गर्दै आउनुभएको छ । कपनको भृृकुटीचोकमा रहेको त्रिशक्ति डान्स एकेडेमीमा मञ्जलीले नृत्य प्रशिक्षण लिइरहनुभएको छ ।

मञ्जलीको पहिलो गीतको भिडियो ‘सही हो माया सही हो’ तीज गीत रहेको थियो । तीज गीतबाट अभिनय र नृत्यमा औपचारिक रूपमा पाइला चलाउनुभएकी मञ्जलीले अहिलेसम्म आइपुग्दा एक दर्जनभन्दा बढी गीतका भिडियोमा अभिनय र नृत्य गर्नुभएको छ । उहाँको अभिनय र नृत्य देखेर निर्देशक निर्माताहरूले बालकलाकारको भूमिकामा प्रस्ताब गर्दै आइरहेको उहाँकी आमा बताउनुहुन्छ । मञ्जलीले केही टेली सिरियलमा पनि अभिनय गर्नुभएको छ । उहाँले धेरैजना कलाकारसँग स्क्रिन शेयर गर्नुभएको छ ।

अभिनय र नृत्यमा आफूलाई संलग्न गराइरहनु भएकी मञ्जलीले केही अवार्ड पनि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । उहाँले एक्टिभ म्युजिक अवार्ड-२०७९ मा बालकलाकारमा प्रतिस्पर्धीलाई पछि पार्दै जित्न सफल हुनुभएको थियो । त्यस्तै विरिसु मिडियाबाट पनि उहाँले अवार्ड उचाल्न सफल हुनुभएको छ । मञ्जलीले अब छिट्टै ठूलो पर्दाको चलचित्रमा पनि अभिनय गर्दै हुनुहुन्छ । ‘एउटा चलचित्रमा उनी अनुबन्धित भएकी छन्, निर्माताका अनुसार चाडै नै यो चलचित्रमा छायांकनमा जाँदै छ’, आमा ईश्वरीले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?