प्रदेश सरकार र सैनामैनाको सहकार्यमा औद्योगिक क्षेत्र स्थापनाको प्रयास

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकार र सैनामैना नगरपालीकाको संयुक्त लगानीमा निर्माण हुने औद्योगिक ग्रामको उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापाले स्थलगत अवलोकन गर्नुभएको छ ।

नगरपालिकाले स्थापना गर्ने लक्ष राखेको औद्योगिक ग्रामको पुर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यका साथ प्रदेश सरकारले संभावनाहरुको खोजी गरिरहेको मन्त्री थापाले बताउनु भयो ।

मन्त्री थापाले रुपन्देहीको सैनामैना नगरपालीका ६ देवापारमा निर्माण हुने औद्योगिक ग्रामको संभाब्यता अवलोकन गर्ने क्रममा प्रदेश सरकारले बिभिन्न जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने निति अघि सारेको उल्लेख गर्दै स्थानिय तहसँग सहकार्य गरेर प्रदेश सरकार अघि बढ्ने बताउनु भयो । प्रदेश सरकारले बिभिन्न जिल्लामा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन गरिरहेको उल्लेख गर्दै मन्त्री थापाले स्थानिय तहसँग सहकार्य गरेर जान सकिने संभावना रहेको बताउनु भयो ।

सैनामैना नगरपालीका प्रमुख फणेन्द्र शर्माले औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा ब्यबस्थापन गर्ने, डिपिआर तयार गर्ने र जग्गामा तारबार गर्ने लगाएतका कार्यहरु भैरहेको जानकारी गराउनु भयो । औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माण लगायतका कार्यहरु गर्न प्रदेश सरकारसँग सहकार्यका लागि आवश्यक प्रकृया अघि बढाइएको उहाँले बताउनु भयो ।

कुल ३० बिगाहा क्षेत्रफलमा निर्माण हुन गैरहेको सो औद्योगिक ग्राममा ५० देखि ६० वटा साना, मझौला तथा ठुला उद्योगहरु स्थापना गर्न सकिने सैनामैना नगरपालिकाले जनाएको छ । कुल २० करोड रुपैयाँको लागतमा पुर्वाधार निर्माण हुने सो सैनामैनाको देवापारमा औद्योगिक क्षेत्र स्थापनाका लागि भएका प्रयासहरु सफल बनाउन सबैको सहयोग आवश्यक रहेको स्थानियहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?