काठमाडौं । यस साता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिनदेखि साताभर नै निरन्तर मूल्य बढेको हो । यस वर्ष सुनको मूल्य थप बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ । नेपाली बजारमा पनि यस साता सुनको मूल्य बढेको छ ।
साताको पहिलो दिनदेखि नै निरन्तर बढेको मूल्य साताको पछिल्लो कारोबार दिन शुक्रबारसम्म बढेर शुक्रबार प्रति १० ग्राम एक लाख दुई हजार चार सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार एक हजार दुई सय रुपैयाँ रहेको चाँदीको मूल्य साताको तेस्रो र चौथो दिन प्रति १० ग्राम एक हजार दुई सय १७ रुपैयाँ ५० पैसा पुगेर अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय १३ रुपैयाँ कायम भएको महासंघका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच