काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरू गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र उनीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमसमेत बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ध्यानाकर्षण गराएको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसी नेतृत्वमा मन्त्रालयमा भएको भेटमा एनआरएनएले गैरकानुनीरूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।
एनआरएनएले विगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई उनीहरूको निर्वाधरूपमा आवतजावत गर्ने वातावरण निर्माण गर्न आग्रह हो ।
एनआरएनएले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करी न्यूनीकरणमा सहयोग गरेको जनाएको छ । एनआरएनएले नेपाल सरकारका विभिन्न निकायबीच समन्वय अभावमा विगत लामो समयदेखि रसियामा स्थायीरूपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरूको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ ।
त्यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टीमा नेपाल घर आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरूलाई रोक्ने, श्रम स्वीकृति नगर्ने जस्ता अवरोध भइरहेको भन्दै एनआरएनएले मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा मन्त्री भण्डारीले नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको एनआरएनएले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच